रास्वपामा कुलमानलाई पहिलो वरियताको उपसभापति, यस्तो छ ७ बुँदे सहमति


काठमाडौं, १४ पुष । उर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको छ । आज बालेन शाहको उपस्थितिमा भएको सहमतिबमोजिम कुलमान अब रास्वपाको पहिलो वरियताको उपसभापति बनेका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने समयसिमा छ । रास्वपा र उनेपाबीच एकता भएसँगै अब उनीहरु घण्टी चुनाव चिन्हबाट नै चुनावी मैदानमा होमिने भएका हुन् ।

रास्वपाको तर्फबाट सभापति रवि लामिछाने र उनेपाको तर्फबाट अध्यक्ष अनुप उपाध्यायले गरेको ७ बुँदे सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।