काठमाडौं, १५ पुस । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रयोजनका लागि ६४ वटा दलहरुले बन्दसूची बुझाएका छन् ।
प्राप्त विवरणअनुसार यसपटक ५४ वटा दलले आ–आफ्नो चुनाव चिन्ह र १० वटा दलले ४ वटा चुनाव चिन्ह गरी चुनाव लड्दैछन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको मतपत्रमा निर्वाचन चिह्न ५८ वटा रहने छ ।
आयोगले समानुपातिक उम्मेदवार चयनका लागि गत आइतबार र सोमबार बन्दसूची बुझाउने समय तोकेको थियो । आयोगले निर्धारण गरेको समय सीमाभित्र ६४ दलले उम्मेदवारी दिएका हुन् । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् ।




प्रतिक्रिया