काठमाडौं, १५ पुष । एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन खि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घिमिरेको घोषणा छ ।
उनले आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिने सबैप्रति आभार समेत व्यक्त गरेका छन् । उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव सबैसँग सँगसँगै रहनेपनि विश्वास दिलाएका छन् । उनी रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गर्ने चर्चा छ ।
उनले फेशबुकमा लेखेका छन्-
अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो।
देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो ।
देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।
पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।
आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु ।
जय देश !!




प्रतिक्रिया