काठमाडौं, १६ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्छ भन्ने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर आलोचना गरेका छन् । हिजो एक कार्यक्रममा बादलले एमालेले कांग्रेससँग मिलेर चुनाव लड्नुपर्ने धारणा राखेका थिए । उनले बादलजस्तो आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक समानुपातिकमा बसेपछि अहिले कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्छ भनेकोमा आलोचना गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
‘समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन।रुख–सुर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के–त्यो पनि पुरुषले।’




प्रतिक्रिया