उम्मेदवारको जरिवानासम्बन्धी बोल्यो निर्वाचन आयोग (विज्ञप्तिसहित)


काठमाडौं, १६ पुष । निर्वाचन आयोगले उम्मेदवारको जरिवानासम्बन्धी नयाँ निर्णय नभएको स्पष्ट पारेको छ । निर्वाचन आयोगले २०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीसम्बन्धी नयाँ कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

आज (बुधबार) आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् । आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिने निर्णय २०८० साउन ९ गते नै भएको प्रस्ट पारेका छन्।

यस्तो छ आयोगको विज्ञप्ति :