दुर्गा प्रसाईंद्वारा लघुबित्त, सहकारी र बैंकलाई गाउँगाउँबाट लखेट्ने आन्दोलनको चेतावनी


काठमाडौं, १७ पुस । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलगायतसँग वार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरानकानी गर्दै उनले सरकारले आफूहरुको मागमा आइतबारसम्म सम्झौता नगरेको खण्डमा आन्दोलनमा जाने बताएका हुन् ।

आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेटिने उनको चेतावनी रहेको छ । सरकार आफूहरुको मागबारे गम्भीर नभएमा आगामी फाग्न २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन बिथोल्नेसमेत उनको चेतावनी रहेको छ ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रसाईंले धने, ‘हामीले हाम्रा मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौं भनेका छौं । फेरि विद्रोहमा नजाऔं भनेको छौं । आइतबार सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँबाट लघुवित्त, सहकारी, बैंक लखेट्न थाल्छौं ।’