काठमाडौं, १७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिका, वडा नं. ७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिकभुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भुक्तानी भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । हाल बागलुङको सीडीओ रहेका सिंह तत्कालीन समयमा कुस्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
सो मुद्दामा अख्तियारले सिंहसहित कुस्मा नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लाल बहादुर मल्ललाई प्रतिवादी बनाएको छ ।
सीडिओ सिंहसँग एक करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग गरिएको छ । त्यसैगरी तत्कालीन लेखा अधिकृत शर्मासँग १७ लाख २ हजार ३ सय ४१ रुपैयाँ, तत्कालीन इन्जिनियर शाक्यसँग ९६ लाख ४१ हजार ८ सय ७४ रुपैया र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर मल्लसँग एक करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ विगो माग दाबी गरिएको छ ।




प्रतिक्रिया