पार्टी महाधिवेशनको विवादमा फसेको बेलामा गगन थापालाई राज्यको मुख्य संरचना सुधार गर्ने चिन्ता, यस्तो छ भिडिओ सन्देश


काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राज्यको मुख्य संरचना सुधार गर्न राजनीतिक दल, नागरिक समाज र जेनजी पुस्ताबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता औंल्याएका छन् । कांग्रेस यतिवेला १५औं महाधिवेशनको विवादको चंगुलमा फसेकेको बेलामा महामन्त्री थापाले भने राज्यको संरचना सुधारसम्बन्धी भिडिओ सन्देश जारी गरेका छन् । पार्टीको विशेष महाधिवेशनको तयारी गरेर राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल गएको बेलामा हिजो (बिहीबार) साँझ भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सबैले सफल बनाउनुपर्ने मत राखेका छन् । थापाले निर्वाचन भएर नयाँ सरकार आउनेबित्तिकै देशको सबै समस्या समाधान नहुने पनि बताए । उनले सरकारले केही कार्यकारी निर्णय गरेपनि त्यसबाट सबै सुधार नहुने बताए । उनले निर्वाचनसम्बन्धी समानुपातिक प्रणालीको पूरानाले धज्जी उडाएको आरोप लागेको र अहिलेपनि धेरै सुधार नभएको आरोप लागेको बेलामा नयाँ दलहरुभित्र पनि खल्तीको मान्छे, सेलिब्रेटी बनाएको भनेर रुवाबासी रहेको स्मरण गराए ।

उनले संविधान बनाउनै गर्दापनि समानुपातिक प्रणालीमा नेपालको जनसंख्या रियालिटी अनुसार प्रतिनिधित्व गराउनको लागि व्यवस्था गरिएको बताए । उनले संविधानमा नै निर्वाचन प्रणालीसम्बधी सुधार आवश्यक रहेको औंल्याए । उनले पार्टीको समानुपातिकमा कसलाई राख्न पाईँदै भनेर संविधानमा नै व्यवस्था गरिनुपर्ने बताए । उनले फिलिपिन्सको उदाहरणसमेत दिए ।