काठमाडौं, १८ पुस । नेकपा (एमाले) को तर्फबाट गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा मिलन गुरुङ (चक्रे मिलन) को नाम सिफारिस भएको छ । एमालेले आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई उम्मेदवार सिफारिस गरेको हो ।
गुरुङ वि.सं. २०५० सालदेखि नै एमालेको राजनीतिमा सक्रिय रहँदै आएको बताइएको छ । निरन्तर पार्टीमा आवद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको कारण आफ्नो नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सिफारिस भएको गुरुङले बताए ।
एमालेले सिफारिस गरेका गुरुङ विवादित पात्र हुन् । उनी पटक–पटक जेल र हिरासत पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ गरेका थिए । उनीविरुद्ध हालसम्म १२ पटकभन्दा बढी फौजदारी मुद्दा चलेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा उल्लेख छ ।




प्रतिक्रिया