पार्टी विभाजन नहुने विश्वप्रकाश शर्माको दाबी, ‘पार्टी एक ढिक्का रहन्छ’


काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एक ढिक्का हुने विश्वास दिलाएका छन् । उनले पार्टी कुनैपनि हालतमा विभाजन नहुने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकमा भाग लिनुअघि महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भने,‘विधानको व्यवस्थाअनुसार कारयक्रम गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ । कसैले आशंका नगरे हुन्छ, म सबैलाई ढुक्क बनाउन चाहन्छु–पार्टी एक ढिक्का रहन्छ । अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो । हामीले मिति तय गर्‍यौँ, मिति मात्रै तय गरेर केही गरिएन ।’