कांग्रेस १५औं महाधिवेशन बैशाख २८–३१ गतेसम्म गर्नेगरि प्रस्ताव


काठमाडौं, १८ पुष । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी ०८३ को बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्नेगरि प्रस्ताव पेश भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको लागि सो मिति प्रस्ताव गरेका हुन् ।

पार्टी मुख्यालय सानेपामा जारी बैठकमा कार्यवाहक सभापति खड्काले पार्टी अब २१ फागुनको निर्वाचनमा होमिनुपर्ने भएकोले निर्वाचन चुनावपछि गर्ने भन्दै यो मिति प्रस्ताव गरेका हुन् । यसअघि पुस २६ गतेदेखि नियमित महाधिवेशन गर्ने भनिएकोमा सोहीअनुसार तयारी नभएपछि विशेष महाधिवेशनपक्षधरले अर्को तयारी थालेका छ्न । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नेगरि भृकुटीमण्डपमा हल बुक गरेपछि आज कार्यसम्पादन समितिको बैठक बसेको हो । यो बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारीका प्रभावशाली नेताहरुसँग छलफल गरेका थिए ।