काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा सञ्चालन गरेको ‘ब्लु बस’ सेवा बन्द भएको छ । लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि निकै तामझामका साथ सुरु गरिएको ब्लु बस एक महिनाभन्दा लामो समयदेखि बन्द रहेको छ ।
लामिछानेले २०८० साउनदेखि महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चल्ने गरी ब्लू बस सञ्चालन गरेका थिए ।
पहिला मासिक भाडा तिर्नेगरी ब्लू बस सञ्चालन गरिएको थियो । मासिक १ लाख ३५ हजार भाडा तिर्नुपर्ने भएपछि लामिछानेको सचिवालयले आफैं बस किनेर सञ्चालनमा ल्याएको थियो । करिब ७ लाख रुपैयाँमा किनिएको उक्त बस बिग्रिएर हैरान बनाएपछि अहिले ग्यारेजमा थन्काइएको हो ।
उक्त बस अझैं बनाएर सञ्चालनमा ल्याउने कि कवाडीलाई दिने भन्ने बारेमा लामिछानेको सचिवालयमा छलफल चलेको बताइएको छ । बसमा तेल खर्च र मर्मत खर्च बढी आएकाले अहिले सेवा बन्द गर्नुपरेको बताइएको छ ।




प्रतिक्रिया