काठमाडौं, २० पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायाले पार्टी विभाजन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशन पनि नहुने र कांग्रेस पनि नफुट्ने बताएका हुन् । नियमित महाधिवेशनको प्रक्रियामा कांग्रेस अगाडि बढेकाले अब नियमित महाधिवेशन नहुने उनको दाबी छ । नेताहरुबीचमा नियमित महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय गरेको, महामन्त्रीद्वयले भने असहमति जनाएकोमा बसेर छलफल गरिने उनले बताए ।
‘विशेष महाधिवेशन हुँदैन । कांग्रेस पनि फुट्दैन । यो ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउने कुराहरु अगाडि बढेको थियो । यस सम्बन्धमा कांग्रेसले नियमित महाधिवेशनमा जाने भनेर तालिका निकालिसकेको थियो । नियमित महाधिवेशन गरेको विशेष महाधिवेशन गर्न पर्दैन भनेर उहाँहरुले अप्सन दिनुभएको थियो । नियमित महाधिवेशनको लागि तालिका अगाडि बढिसकेको छ । महाधिवेशन हुनका लागि क्रियाशील सदस्यता टुङ्गो लाग्नुपर्छ । अहिले झण्डै ६ लाख क्रियाशीलको काम टुङ्गिसकेको छ । प्रक्रियामा गएको हुनाले अर्को निर्वाचन तालिका प्रकाशन गरेको छ । प्रक्रियामा गएको हुनाले विशेष महाधिवेशन हुने सम्भावना छैन ।
नियमित अधिवेशनको कुरा नगरेको र कुनै प्रक्रिया अगाडि नबढाएको खण्डमा मात्रै विशेष महाधिवेशनमा जानु उपयुक्त हुनेमा अहिले कांग्रेस नियमित महाधिवेशनको प्रक्रियामा अगाडि बढेकाले नियमित महाधिवेशनको औचित्य सकिएको उनले बताए । फरक मत राखेकै आधारमा पार्टी विभाजन हुन्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए ।




प्रतिक्रिया