काठमाडौं, २१ पुस । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई बयानका लागि बोलाएको छ । तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा पुगेर बयान लिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बायनलाई भने बयानका लागि कार्यालयमै बोलाएको हो ।
बालेनका स्वकीय सचिव भुपदेव शाहले बयानका लागि कार्की आयोगले बोलाएको पुष्टि गरे । आयोगले यसभन्दा अगाडि तत्कालीन गृहमन्त्री रमेश लेखक, हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई बयान लिइसकेको छ ।
बयानको अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । त्यसपछि प्रतिवेदन लेखन कार्य सुरु हुने पनि बताइएको छ । काठमाडौं महानगरका मेयर शाहले जेन–जी आन्दोलनलाई आफ्नो समर्थन रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन पनि बालेनको हात रहेको चर्चा हुने गरेको छ ।




प्रतिक्रिया