काठमाडौं, २१ पुस । न नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् । डा. देउवा आज (सोमबार) अपराह्न २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेकी हुन् । उनको भारत भ्रमणको उद्देश्यबारे बताइएको छैन । उनले भारतमा पुगेर राजनीतिक भेटघाट गर्ने स्रोतको दाबी छ ।
त्यस्तै, गत साता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि दिल्ली पुगेर फर्किएका थिए । सो क्रममा डा.भट्टराईले राजनीतिक नेतृत्वसँग भेटघाट र संवाद गरेका थिए । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि दिल्लीमै छन् । दिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ गएको बताइएको छ ।
यद्यपि उनले राजनीतिक भेटघाट र संवाद पनि हुने स्रोतको दाबी छ । दिउँसो सभालाई सम्बोधन गरेर प्रचण्ड स्वदेश फर्किने बताइएको छ । यसरी एकपछि अर्का शीर्ष नेताहरु भारत आउजाउ गर्नुलाई विशेष रुपमा हेरिएको छ ।




प्रतिक्रिया