संसद् पुनर्स्थापना गरेर संविधान संशोधनपश्चात निर्वाचनमा जाँदामात्रै देशले जित्छः राजनीतिक विश्लेषक सुवेदी (भिडिओसहित)


काठमाडौं, २२ पुस । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले आगामी फागुन २१ गतेको निर्वाचनपछि संविधान संशोधन गर्न झनै कठीन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै विश्लेषक सुवेदीले विघटित संसद्लाई पुनर्स्थापना गरेर संविधान संशोधन गरेर निर्वाचनमा गएको खण्डमा मात्रै नेपालले जित्ने बताएका हुन् । ‘विघटित संसद्लाई संविधान संशोधनको मात्रै भूमिकामा लिएर आएर संविधान संशोधन गरेर निर्वाचन गराइयो भने चाहिँ नेपालले जित्छ भन्ने मलाई लाग्छ,’– उनले भने ।

साथै, उनले नेपाली कांग्रेस नफुट्ने दाबी गरे । उनले कांग्रेस महामन्त्री गगन थापाले पार्टी फुटाउँछन् भन्ने कुरामा आफूलाई विश्वास नरहेको पनि बताए । कांग्रेस चर्केको हाँडीजस्तो भएर निर्वाचनमा जाने उनले बताए । ‘कांग्रेस फुट्दैन । चर्केको हाँडीजस्तो भएर जान्छ । गगन थापाले पार्टी फुटाउँछन् भन्ने मलाई लाग्दैन,’– उनले भने ।