काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राप्रपाले यही पुस २७ गते मनाउँने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना हुने चियापान कार्यक्रमको निम्तो दिन लिङ्देन आज बिहानै लामिछानेलाई भेट्न पुगेका हुन् । संवादका क्रममा दुबैजना नेताबीच फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र ! कुरा यहाँबाट सुरू भयो है।’
राप्रपा अध्यक्ष लिङ्देनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर चियापान कार्यक्रमको निम्ता दिएका थिए। लामिछाने नख्खु कारागारमा हुँदा लिङ्देन पटक–पटक लामिछानेसँग भेटवार्ता गर्न नख्खु पुग्ने गरेका थिए ।





प्रतिक्रिया