नेकपाका नेता अन्सारीद्वारा पार्टी र प्रदेशसभा सदस्य पद परित्याग


काठमाडौं, २४ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी र सांसद पद परित्याग गरेका छन् । उनले आज केन्द्रीय कार्यालयमा पत्र पठाएर पार्टी र प्रदेशसभा सदस्य पद परित्याग गरेको जानकारी गराएका हुन् ।

रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले धेरै अगाडि आफूले पार्टी परित्याग गरिसकेको भए पनि आज औपचारिक जानकारी गराएको बताए । उनले अब प्रदेशसभा सदस्य पद पनि त्याग्ने बताए ।

केही महिना अगाडि अन्सारीले मधेश प्रदेशसभामा विद्रोह गरेका थिए । सांसद अन्सारीको विद्रोहकै कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको प्रदेश सरकार ढलेको थियो । उनले आफू तत्कालै अन्य कुनै पार्टीमा नजाने पनि बताए ।