खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण स्थगित


काठमाडौं, २५ पुस । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ । भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति प्रदान गरेको थियो ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भएको थियो । मन्त्री गुप्ता दलबलसहित अमेरिका जान लागेको र केही मानिसहरुलाई उतै छोडेर फर्किने योजना रहेको भनेर समेत उजुरी परेको थियो । चर्को विवाद र आलोचनापछि उनले अमेरिका भ्रमण स्थगित गरेका हुन् ।