परेको छ फेला कुमान्छेहरूको
देश त यतिबेला कुमान्छेहरूको ।
सुन्दैमा चित्कार किन रसाउँथ्यो,
आँखा र परेला कुमान्छेहरूको ।
नबोक हे युवा राजनीतिको झोला,
किन बन्छौ चेला कुमान्छेहरूको ।
दुवै हातमा लड्डु थमाउन आउँछन्,
आयो अर्को मेला कुमान्छेहरूको ।
दक्षिण पश्चिमाको उडायो वायुले,
को बुद्धि भर्देला कुमान्छेहरूको ।
शंखरापुर–१ नाङ्लेभारे, काठमाडौं ।




प्रतिक्रिया