विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउँछः अजयबाबु शिवाकोटी


काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स नेपालको साक्षत्कार कार्यक्रममा पत्रकार लक्ष्मीप्रसाद न्यौपानेसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशनले थापालाई सभापति बनाउने र उनी नै आसन्न फागुन २१ गतेको निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने बताएका हुन् ।

विशेष महाधिवेशनपछि कांग्रेस पूर्ण रुपमा रिफर्म भएर जाने पनि उनले बताए । ‘विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाउँछ । आगामी फागुन २१ गतेको निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई अघि सारेर जान्छौं,’– उनले भने ।

साथै, पार्टीको १४औं महाधिवेशनपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र थापाको केन्द्रीय समितिमा बहुमत नरहेको कारण सभापति शेरबहादुर देउवा पक्षको पेलाइमा परेको उनले बताए । रहेन । १४औं महाधिवेशनपछि उनीहरुले गर्न खोजेको काम गर्न नपाएको नेता शिवाकोटीले बताए ।