विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित छैन, रोक्नुपर्छः कांग्रेस प्रवक्ता महत


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिका कोणबाट उचित नरहेको बताएका छन् । आज केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनको सन्दर्भलाई यही रोक्नुपर्ने धारणा राखेका हुन् । उनले आगामी २०८३ वैशाख अन्तिममा १५औं महाधिवेशन हुनेगरी भएको संशोधित कार्यतालिका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि मान्नुपर्ने बताए ।

‘संशोधित कार्यतालिका सबैले मान्नुपर्छ। पदाधिकारी साथीहरूले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन,’– उनले भने ।

विशेष महाधिवेशन रोकेर सम्पूर्ण पार्टी एकत्रित भएर आसन्न प्रतिनिधिसभाको निर्वाचनमा लाग्नुपर्ने नेता महतले बताए । अहिलेको अवस्थामा विभाजित नभई नीतिगत प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।