काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालयको भर्चुअल बैठक बोलाइएको हो । बैठक आज (शनिबार) दिउँसो ३ः१५ बजेबाट सुरु भएको छ ।
बैठकमा पार्टी एकता र समायोजन सम्बन्धमा छलफल हुने बताइएको छ । रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच समायोजनको घोषणा भएको दुई हप्ता नबित्दै खट्पट सुरु भएको छ । समझदारी कार्यान्वयन गराउने सन्दर्भमा हिजो लामिछानेको निवासमै पुगरेर घिसिङले ध्यानाकर्षणसमेत गराएका थिए ।




प्रतिक्रिया