काठमाडौं, २७ पुस । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशनले नेतृत्वको चयनसम्म गर्न सक्ने बताएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘कुनै पनि संस्थाको नेतृत्वदेखि सबै कुराको बन्दोबस्त बहुमत प्रतिनिधिले गर्ने हो । यो गर्न सक्छ ।’
विशेष महाधिवेशनले गर्ने नेतृत्व चयनलगायतका निर्णय सबैले स्वीकार गर्नुको विकल्प नरहेको उनले बताए । संस्थापन पक्षले पनि विशेष महाधिवेशनको निर्णय स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले भने,‘कांग्रेसको विधानको धारा १७ (२) ले स्पष्ट रुपमा बन्दोबस्त गरेको छ । यदि नियमित महाधिवेशन बोलाइएन भने त्यस्तो स्थितिको परिकल्पना गरेर विधानले यो व्यवस्था गरेको हो । केन्द्रीय समितिले नबोलाएको स्थितिमा शून्यमा राख्न मिल्दैन । यो ४० प्रतिशतको कुरा हो । केन्द्रीय समितिले नबोलाएको स्थितिमा पार्टीको आन्तरिक जीवनलाई क्रियाशील बनाउनका लागि यो चेक एण्ड ब्यालेन्सको मेकानिज्म हो । यसलाई कसैले पनि रोक्न सक्दैन ।’




प्रतिक्रिया