विशेष महाधिवेशनले नेतृत्व चयन गर्यो भने नयाँ पार्टी बन्छः नेविसंघ नेता देवकोटा (भिडिओसहित)


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता आशिष देवकोटाले आफूहरु विशेष महाधिवेशनमा नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै विशेष महाधिवेशन विधानविपरीत रहेकाले आफूहरु सहभागी नहुने बताएका हुन् । कांग्रेसको विधानको धारा १७ (२) अनुसार केन्द्रीय कार्यसमितिले निर्णय गराउनुपर्ने व्यवस्था रहेको उनले बताए ।

महामन्त्रीले निर्णय गरेर विशेष महाधिवेशन बोलाउन नपाउने नेता देवकोटाको दाबी छ । अन्तिम समयमा आएर कांग्रेसको मिल्ने परम्परा रहेको उनले स्मरण गराए । यसलाई विशेष महाधिवेशन नभएर विशेष भेलाको रुपमा परिणत गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘विशेष महाधिवेशनले नेतृत्व चयन गर्छ । यदि तपाईँको उपस्थितिमा त्यो नयाँ पार्टी बन्छ, फुटमा जान्छ भने तपाईँ विचार गर्नुस् । गगन दाइले त्यतिसम्म तल्लोस्तरमा उहाँहरु जानु हुन्न । विदेशीको इशारामा हामीले कांग्रेस फुट्न दिनुहुन्न,’– उनले भने ।