कांग्रेसको विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्छः राजनीतिक विश्लेषक सुवेदी (भिडिओसहित)


काठमाडौं, २८ पुस । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपाली कांग्रेसको विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यथास्थितिमा कांग्रेस जनमतका लागि जान नसक्ने बताएका हुन् ।

‘नीति र नेतृत्व चयन नगरीकन नेपाली कांग्रेस यथास्थितिमा अब जनमतका लागि जान सक्दैन, जान पनि हुँदैन । नीति र नेतृत्व परिवर्तन आजको आवश्यकता हो,’– उनले भने ।

कांग्रेसले उचित सम्बोधन गर्न नसकेको कारण नै आर्थिक रुपले देश फेल भएको, अन्तर्राष्ट्रिय सम्बन्धमा उचित व्यवस्थापन हुन नसकेको उनले बताए । कांग्रेसले कम्युनिष्टहरुको एजेण्डा बोकेर वामपन्थीकरण भएको उनको टिप्पणी छ ।

साथै, कांग्रेस सभापति शेरबहादुर देउवा पनि विशेष महाधिवेशनको बन्दसत्रमा आउनु आवश्यक रहेको उनको भनाइ छ । यदि देउवा बन्दसत्रमा आएर सम्बोधन नगरेको खण्डमा कांग्रेस फुट्ने सम्भावना रहेको उनले बताए ।