काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता सुवास पोखरेलले विशेष महाधिवेशन कांग्रेसभित्रको दासताविरुद्धको आन्दोलन रहेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशनले पार्टीभित्रको दासताको मुक्ति भएको बताएका हुन् ।
‘कांग्रेस पार्टीभित्र दासताको मुक्ति भएको छ । हिजो पुस २७ गते राष्ट्रिय एकतामात्रै होइन, कांग्रेसभित्रको दासताविरुद्धको आन्दोलनले कांग्रेसलाई मुक्ति दिलाएको छ,’– नेता पोखरेलले भने ।
नेता पोखरेलले निर्णय गर्नका लागि विशेष महाधिवेशनमा संख्या पुगिसकेको बताए । उनले अब नीति र नेतृत्व दुवै बदलेर अगाडि बढ्ने पनि बताए । अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाट नै नेतृत्व खोजिने पनि उनले बताए ।




प्रतिक्रिया