काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले केन्द्रीय कार्यसमितिले निर्णय नगरेकाले आफू विशेष महाधिवेशनमा नगएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिले निर्णय नगरेको विषयमा जानु उपयुक्त नलागेर विशेष महाधिवेशनमा नगएको बताएका हुन् ।
साथै, उनले कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने हिसाबले अगाडि बढ्नेमा आफूलाई विश्वास नरहेको पनि नेता घिमिरेले बताए । हिजोको उद्घाटन सत्रमा कसैले पनि नेतृत्व परिवर्तन गर्ने कुराहरु नबोलेको उनले बताए । भावी नेता, पार्टी सभापति, प्रधानमन्त्री गगन थापा नै रहेको भन्दै उनले अहिले पार्टी फुटाएर कसैलाई पनि फाइदा नहुने बताए ।
‘हिजोको उद्घाटन सत्र मैले हेरेँ । उहाँहरु कसैले पनि नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छैन । मलाई लाग्छ– त्यस्तो नहोला । विशेष महाधिवेशन त्यो बाटोमा जाँदैन भन्ने म आशावादी छु,’– उनले भने ।
उनले विशेष महाधिवेशनलाई उत्तारचढावको संज्ञा दिए । विगतमा पनि गिरिजा, किसुन्जीको पालामा पनि यस्ताखालको उत्तारचढावमा भएको उनले स्मरण गराए ।




प्रतिक्रिया