काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरेर पार्टीलाई अझ एकतावद्ध बनाउने बताएका छन् । उनले विशेष महाधिवेशन बाध्यात्मक परिस्थितिले सिर्जना गरेको पनि प्रष्ट पारेका छन् ।
नेता पौडेलले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ ।
उनले विशेष महाधिवेशन पक्षधरहरु एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा रहेको पनि बताएका छन् । गत पुस २७ गतेदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन जारी रहेको छ । संस्थापन पक्षका अधिकांश नेताहरुले भने विशेष महाधिवेशनलाई अवैधानिक भनेका छन् । उनीहरु विशेष महाधिवेशनमा सहभागी भएका छैनन् ।




प्रतिक्रिया