काठमाडौं, २९ पुस । नेपाली कांग्रेस संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच भएको वार्तामा सहमति जुट्न सकेको बताइएको छ । आज (मंगलबार) भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्नो–आफ्नो प्रस्ताव राखेको, तर सहमतिमा भने पुग्न नसकिएको बताइएको छ ।
विशेष महाधिवेशन पक्षधरको तर्फबाट वार्तामा सहभागी भएका नेता मधु आचार्यले वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने ‘पहिलो चरणको वार्तामा कुनै सहमति जुट्न सकेन ।’
आचार्यले अब दोस्रो चरणको वार्तामा बस्ने कि नबस्ने भन्ने नेताहरूसँग छलफल गरेपछि टुङ्गो लाग्ने बताए । विशेष महाधिवेशन पक्षधरबाट नेता आचार्य, प्रदीप पौडेल, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी भएका थिए ।
संस्थापन समूह र मध्यमार्गी देखिएका शेखर कोइराला समूहबाट नेताहरु बालकृष्ण खाण, रमेश लेखक, जीवन परियार र डा.मिनेन्द्र रिजाल वार्तामा सहभागी थिए । File Photo/RN




प्रतिक्रिया