आलोचना भएपछि राष्ट्रपतिकी छोरीले समानुपातिक सूचीबाट फिर्ता लिईन् नाम


काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । संज्ञालाई नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार बनाएर निर्वाचन आयोगमा बन्दसूची बुझाएको थियो ।

चर्का आलोचनाको बाबजुद संज्ञाले आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएकी हुन् । हिजो (सोमबार) आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएको उनले बताईन् । योसँग कांग्रेसले संज्ञाको नाममा अर्को सदस्य सिफारिस गरेर पठाउन पाउने छ ।