काठमाडौं, २९ पुस । आज दिउँसो १ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ३ बज्दासमेत सुरु हुन सकेको छैन । बैठकमा सहभागी हुनका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपामा पुग्ने क्रम जारी रहेको छ ।
बैठकमा सहभागी हुनका लागि कार्यवाहक सभापति पूर्णबहादुर थापा, नेताहरु डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरु पनि सानेपा पुगिसकेका छन् । यता काठमाडौंको भृकुटीमण्डपमै कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ ।
विशेष महाधिवेशनको अपनत्व ग्रहण गरेका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा भने केन्द्रीय समिति बैठकमा नजाने बताइएको छ । विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ ।




प्रतिक्रिया