काठमाडौं, २९ पुस । विशेष महाधिवेशनको पक्षमा खुलेका नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी र डा.सुनिल शर्माले नेतृत्व चयन प्रक्रियाबाट अलग भएको बताएका छन् ।
डा. भण्डारीले आफू कांग्रेस विभाजनको पक्षमा नरहेको बताए । उनले नेतृत्व चयन गर्ने र एकपक्षीय घोषणा गर्ने कार्यमा आफू सहभागी नहुने बताए ।
नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिने र एकताका लागि अन्तिमसम्म पहल गर्ने पक्षमा उभिएको डा.शर्माले बताए ।
डा.शर्माले विशेष महाधिवेशन पक्षधरको भावनासँग एक भएर सहभागी भएको बताए । उनले दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा रहेको पनि बताए । ‘दुईवटा अलग–अलग नेतृत्व बनाउने कुरामा मेरो असहमति छ,’– नेता शर्माले भने ।




प्रतिक्रिया