कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार पुनः बस्ने


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि (बुधबार) पुनः बस्ने भएको छ । आज (मंगलबार) उपसभापति धनराज गुरुङको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसेको थियो ।

आज बसेको केन्द्रीय समिति बैठकबारे जानकारी गराउँदै पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- ‘छलफलको क्रम जारी रहेकाले भोलि पुस ३० गते विहान ८ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक पुनः बस्नेछ ।’