काठमाडौं, ३० पुस । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले एकताकै लागि विशेष महाधिवेशन ४ दिनसम्म लम्ब्याइएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशन फुटको महाधिवेशन नभएर एकताको महाधिवेशन रहेको बताएका हुन् । उनले अहिले पनि रातदिन वार्ता चलिरहेको बताउँदै उनले विशेष महाधिवेशनबाट नेतृत्व चयन हुने बताए ।
‘फुटको घोषणा हुँदैन । विशेष महाधिवेशनलाई एकताको महाधिवेशन गरौं भनेर लागेको हो । कांग्रेसको विधानको धारा १७ (२) अनुसारको विशेष महाधिवेशन हो । यो फुटको महाधिवेशन होइन । एकता गर्नका लागि नै यो लम्ब्याइएको हो । रातदिन वार्ता चलिरहेको छ,’– उनले भने ।
विवादलाई एउटा विन्दुमा पुर्याएर अगाडि बढ्ने पनि उनले बताए । नेता पुनले आफू महामन्त्री गगन थापालाई सभापति बनाउने पक्षधर रहेको पनि उनले बताए । महाधिवेशन प्रतिनिधिहरु धेरैले भोट हालेको खण्डमा महामन्त्री थापा सभापति बन्ने उनको भनाइ छ ।




प्रतिक्रिया