काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ ।
‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले रिपोर्टर्स नेपालसँग भने ।
उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने बताइएको छ । अहिले पार्टी सभापति शेरबहादु्र देउवालगायत संस्थापन समूहका नेताहरुसँग पनि छलफल चलिरहेकाले त्यसमा प्रतिकूल असर पर्ने देखिर दिउँसो १ बजेसम्म उम्मेदवारहरुको नाम गोप्य राख्ने निर्णय भएको बताइएको छ ।




प्रतिक्रिया