काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतले बताएअनुसार महामन्त्रीमा उदय शमशेर राणाको उम्मेदवारी परेको छ ।
‘मनोनयन दर्ताको समय सकियो । महामन्त्रीमा नेता उदय शमशेर राणाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे सार्वजनिक हुनेछ,’– निर्वाचन समितिका एक सदस्यले रिपोर्टर्स नेपाललाई भने ।
त्यस्तै, सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उनले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । अहिले पार्टी सभापति शेरबहादु्र देउवालगायत संस्थापन समूहका नेताहरुसँग पनि छलफल चलिरहेकाले त्यसमा प्रतिकूल असर पर्ने देखिर दिउँसो १ बजेसम्म उम्मेदवारहरुको नाम गोप्य राख्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै, महामन्त्रीमा जगदीश नरसिंह केसीले पनि मनोनयन दर्ता गराएको बताइएको छ । केसीले भने हिजो बेलुका नै मनोनयन दर्ता गराएका हुन् ।




प्रतिक्रिया