काठमाडौं, ३० पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनको लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ । आज सबै पदमा उम्मेदवारी दर्ता भएको छ । सभापतिमा गगन कुमार थापाको एकल उम्मेदवारी परेको छ । यस्तै, महामन्त्रीमा भने विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अर्को महामन्त्री पदमा भने युवा नेता प्रदीप पौडेलको उम्मेदवारी दर्ता भएको छ । १४औं महाधिवेशनमा पौडेल महामन्त्रीमा पराजित भएका थिए ।
पार्टी रुपान्तरणको एजेण्डामा गगन थापालाई साथ दिएका अर्का महामन्त्री विश्वप्रकाशले भने महामन्त्रीमा नै दोहोरिने मन बनाएर उम्मेदवारी दर्तागराएका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराएका गगन थापा भने यतिवेला कानूनी परामर्शमा छन् । उनी निर्वाचन आयोगले अद्यावधिक गर्ने विषयमा कानूनी परामर्श लिन व्यस्त छन् ।




प्रतिक्रिया