काठमाडौं, ३० पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री र मन्त्री भइसकेकाहरुलाई ‘अपराधी’ को संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बिडारीले प्रधानमन्त्री र मन्त्री भएकाहरुले देशलाई झन गरिब बनाएर र जनतालाई ऋण बढाइदिएर अपराध गरेको बताएका हुन् ।
‘जनतालाई मेरो आह्वान के छ भने– प्रधानमन्त्री भइसकेका, पटक–पटक मन्त्री भइसकेकाहरुलाई यसपाली भोट नदेऊ । सांसदसम्म भएकालाई देऊ । किनभने सांसदसम्म भएकाहरु चाहिँ कार्यकारिणीमा हुँदैनन् । मैले देशको लागि भनेको । यी प्रधानमन्त्री र मन्त्री भइसकेकाहरु त यो देशका अपराधीहरु हुन् । किनभने तिनीहरुले यो देशलाई झन गरिब बनाए । यो देशको जनतालाई झन बढी ऋण थपे,’– नेता बिडारीले भने ।
नेता बिडारीले युवालाई रोजगारी दिन नसक्नेहरु असफल र नालायक पनि रहेको बताए । उनले देश सञ्चालन गर्नेहरु ठीक हुनुपर्ने, विदेशी हस्तक्षेपबाट मुक्त हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।




प्रतिक्रिया