कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध


काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले भने ।

यद्यपि निर्वाचन समितिले भने उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजेपछि सार्वजनिक गर्ने बताएको छ । कांग्रेसमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदमा भने ४ जनाको उम्मेदवारी रहेको छ । महामन्त्री पदका लागि मनोनयन दर्ता गराउनेहरुमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयशमशेर जबरा र जगदीशनरसिंह केसी रहेका छन् ।