काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवशेनको हलमा सम्बोधन गर्दै महामन्त्री थापाले अब विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुने बताएका हुन् ।
‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ । सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ,’– महामन्त्री थापाले भने ।
महामन्त्री थापाले निर्वाचन आयोग र नेपालको संविधानप्रति विश्वास रहेको बताउँदै विधानअनुसार भएको विशेष महाधिवेशनले मान्यता पाउने विश्वास व्यक्त गरे । उनले आफूलगायतका पदाधिकारीलाई गरिएको कारबाहीसमेत वैध नरहेको बताए । कारबाही अगाडि स्पष्टीकरण सोध्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया