काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मनसुरमाथि साधारण सदस्य पनि नरहने गरी ५ वर्षका लागि कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधरहरु आक्रोशित भएका छन् । काठमाडौंको. भृकुटीमण्डपमा गत पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ ।
विशेष महाधिवेशन परिसर भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुले पार्टी मुख्यालय सानेपा खाली गर्न संस्थापन समूहलाई चुनौती दिएका छन् । उनीहरुले ‘सानेपा खाली गर, गगन विश्व आउँदैछन्’ भन्दै नाराबाजी गरेका छन् ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन–विश्वलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाइसकेका छन् । यता विशेष महाधिवेशन पक्षधरहरुले भने विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै भंग गरिसकेकाले कारबाहीको औचित्य नरहेको बताएको छ ।




प्रतिक्रिया