यस्तो बन्यो गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमिति (नामावलीसहित)


काठमाडौं, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरेको छ । गत पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित केन्द्रीय समितिको सभापतिमा थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा उदयशमशेर राणा, फरमूल्लाह मनसुर, डा.डिला संग्रौला, प्रकाश रसाइली, बहादुर सिंह लामा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट चयन भएका १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमितिको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।