आधिकारिकताको लागि देउवा र थापाले आयोगमा मान्छेसहित उपस्थित भएर सनाखत गर्नुपर्ने अवस्था आउन सक्छः वरिष्ठ अधिवक्ता पण्डित


काठमाडौं, १ माघ । वरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले गगनकुमार थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको समर्थन गगनको पक्षमा रहेकाले कसको पक्षमा आधिकारिकता दिने भन्ने विवाद नै नरहेको बताए ।

‘त्यो पक्ष आधिकारिक हुन्छ, जसको पक्षमा ५१ प्रतिशत सदस्यले समर्थन गर्छन् । ५६ प्रतिशत जसको पक्षमा देखिएको छ, त्यो पक्षले नै आधिकारिक हो,’– वरिष्ठ अधिवक्ता पण्डितले भने ।

आधिकारिकताको विवाद उठेको खण्डमा गगन र शेरबहादुर देउवाले निर्वाचन आयोगमा मान्छेसहित उपस्थित गराएर सनाखत गर्नुपर्ने अवस्थासमेत आउन सक्ने उनलेब ताए । कांग्रेसको विधानले ५१ प्रतिशतलाई गणपुरक संख्या पुगेको मानेको बताउँदै उनले त्यसरी सनाखत गर्दा जसको पक्षमा ५१ प्रतिशत सदस्य पुग्छन्, उही पक्ष नै आधिकारिक हुने बताए ।