काठमाडौं, १ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले भक्तपुरको गुण्डुमा पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी सहकार्यको प्रस्ताव राखेका छन् । ओली र शर्माबीच करिब डेढ घण्टा एक्लाएक्लै वार्ता भएको थियो । सो क्रममा शर्मालाई चुनावमा सघाउनका लागि ओली सकारात्मक देखिएको स्रोतले बतायो ।
रुकुम पश्चिम पुगेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमबाट चुनाव लड्ने सम्भावना सुनाएपछि प्रलोपाका नेता शर्माले बलियो चुनावी रणनीति अपनाउने भएका हुन् । यता एमाले अध्यक्ष ओलीले प्रचण्डलाई साइजमा राख्नकै लागि भए पनि शर्मासँग सहकार्य गरेर जाने सम्भावना रहेको जानाकारहरु बताउँछन् ।
ओली प्रलोपाका शर्मा र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निश्चित ठाउँमा चुनावी सहकार्य गर्नका लागि सकारात्मक रहेको बताइएको छ । ओलीले प्रलोपाका शर्मालाई रुकुम पश्चिममा सूर्य चिन्हबाटै चुनाव लड्नसमेत प्रस्ताव गरेको स्रोतले बतायो ।




प्रतिक्रिया