काठमाडौं, २ माघ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निवाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ ।
आज (शुक्रबार) बसेको आयोगको बैठकले थापा नेतृत्वको कांग्रेसको कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको स्रोतको दाबी छ । योसँगै नेपाली कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बनेका छन् ।
योसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति अब पार्टीविहीन अवस्थामा पुगेको छ । आधिकारिक निर्णय आयोगले केहीबेरमा सुनाउने बताइएको छ ।
अहिले आयोगको प्राङ्गणमा गगन पक्ष र देउवा पक्ष दुवैका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले जिन्दावाद र मुर्दावादको नारा लगाइरहेका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन गत पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो । विशेष महाधिवेशनले थापालाई सभापति, विश्वप्रकाश शर्मालाई उपसभापति गरी कार्यसमिति चयन गरेको थियो ।




प्रतिक्रिया