काठमाडौं, २ माघ । नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई वैधता दिनेगरी निर्वाचन आयोगबाट भएको निर्णय आफूहरुलाई मान्य नरहेको बताएका छन् । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति खड्काले वशेष महाधिवेशन पक्षधरलाई पार्टीको वैधानिकता दिने निर्णयविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए । ‘एक पक्षले दाबी गरेको बारेमा नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति अहिले पनि यथावत छ । निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाइकन, निर्वाचन गर्ने प्रक्रियाको खिलाफमा निर्णय आएको छ । यो हामीलाई अमान्य छ,’– उनले भने ।




प्रतिक्रिया