काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट बाँड्नका लागि पार्टी सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
आज (शनिबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बोर्ड गठन गरेको प्रवक्ता देवराज चालिसेले बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने कार्यतालिका रहेको छ ।
सभापति थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहेका छन् ।




प्रतिक्रिया