पार्टीको आधिकारिकतालाई लिएर देउवा समूहद्वारा सर्वोच्चमा रिट


काठमाडौं, ४ माघ । पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएसँग देउवा समूह सर्वोच्च पुगेको हो ।

कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।