मनोनयन दर्ताको समयसीमा थप गर्न प्रमुख राजनीतिक दलहरुको आग्रह


काठमाडौं, ४ माघ । प्रमुख राजनीतिक दलहरुले आसन्न फागुन २१ गतेको निर्वाचनका लागि तय भएको मनोनयन दर्ताको समयसीमा थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आयोगले मनोनयन दर्ताको समय माघ ६ गतेका लागि तोकेको छ । आयोगले मनोनयन दर्ताको समय माघ ६ गतेका लागि तोकेको छ ।

नेपाली कांग्रेसको विवादको कारण मनोयन दर्ताको समयसीमा थप गर्न आग्रह गरिएको बताइएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतले मनोनयन दर्ताको समयावधि थप गर्न आग्रह गरेका हुन् ।

यद्यपि, आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको बताइएको छ ।